ओपन हार्ट सर्जरी आजदेखि शुरु

चितवन मेडिकल कलेजले ओपन हार्ट सर्जरी सेवा सुरु गरेको छ । आजदेखि कलेजको शिक्षण अस्पतालमा यस्तो सर्जरी सेवा सुरु भएको हो । अस्पतालमा मुटुको ‘माइट्रल भल्भ’ बिग्रिएको मंगलपुर चितवनकी ५५ वर्षीया सत्यदेवी श्रेष्ठको पहिलो सर्जरी भएको छ । कार्डियाक सर्जन डा. भगवान कोइरालाको टोलीले २ घण्टा २० मिनेट लगाएर शल्यक्रिया गरेको हो । कार्डियाक सर्जन नविन गौतमका अनुसार बाल्यकालमा भएको बाथ मुटुरोगका कारण श्रेष्ठको भल्भ बिग्रिएकोे थियो । उनको एउटा भल्भ फेरिएको छ भने अर्को ‘ट्राइकस्पिड भल्भ’को मर्मत गरिएको डा.गौतमले बताए । मुटुमा ४ वटा भल्भ हुन्छन् । सर्जरीपछि बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । काठमाडौ बाहिर भएको यो तेस्रो ओपन हार्ट सर्जरी हो । Read more

चितवन मेडिकल कलेजले ओपन हार्ट सर्जरी सेवा सुरु गरेको छ । आजदेखि कलेजको शिक्षण अस्पतालमा यस्तो सर्जरी सेवा सुरु भएको हो - See more at: http://swasthyakhabar.com/2015/03/24074.html#sthash.fVbF60nf.dpuf

Date: 7 March 2015

News / Events  



Sip Oolong Tea

Research suggests that people with mild eczema who drink oolong tea three times a day may show improvement in itching and other symptoms. Compounds in the tea called polyphenols appear to be responsible.

Posted by: Dr.Unknown
30 January 2014